चितवन,२४ असार ।
बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डाहकीखोलामा सोमबार १ : ३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो।

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले बताए ।