दाङ,२४ असार ।
जंगलबाट ल्याएको च्याउ खाँदा दाङमा एक महिला सिकिस्त भएकी छन् ।

बिरामी हुनेमा घोराही उपमहानगरपालिका-१८ की १८ वर्षीया राधा पुन रहेकी छन् ।

सोमवार विहान करिब ११ बजेतिर पुनले घरनजिकैको जंगलबाट टिपेर ल्याएको च्याउ परिवारका ४ जनाले खाएका थिए ।

अन्य सदस्यलाई केही नभएको पनि राधा विरामी भएपछि दिउँसो करिब साढे ३ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।