सिन्धुपाल्चोक,२१ असार ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रोपावर कम्पनीको डि–सेन्टरमा स्ल्याब ढलान गर्ने क्रममा ढलान भत्किदा पुरिएर २ जना बेपत्ता भएका छन् ।
पुरिएकामध्ये १० जना कामदारहरूको भने सकुशल उद्धार गरिएको छ ।
जिल्लाका तीनवटै सुरक्षा निकायको प्रयासमा उनिहरूकाे सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
पुरिएका अन्य २ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।






