काठमाडौँ,२१ असार ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले
पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेकाे जसपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।
समर्थन फिर्ता लिएसँगै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।

उनीहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रतिनिधि सभामा जसपाका ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् ।

एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।