काठमाडौं,१९ असार ।
नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि उनीहरू बालकोट पुगेका थिए । अध्यक्ष ओलीले उनीहरूलाई वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

मंगलबार बसेको एमालेको सचिवालय बैठकले २४ घन्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेकाे थियो । प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।