Share this News on Social Networking Pages

काठमाडौं,१८ असार ।
आज दिउँसो देशभरकाे माैसम साधारणतयादेखि पूर्णतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

माैसम पुर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै ठूलो वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।