काठमाडौं,१६ असार ।
औषधी व्यवस्था विभागले आठ प्रकारका जीवनरक्षक औषधीहरुलाई किनबेचमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय औषधी नियमन प्राधिकरणमा दर्ता नभएका ती औषधीमाथि विभागले प्रतिबन्ध लगाएको हो ।
औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएका औषधीहरुमा लिनाग्लिप्टिन २.५ र १० एमजी, लिनाग्लिप्टिन मेटफोर्मिन ५०० र ८५० एमजी, रिभारोछ्याबान ट्याब पाँच एमजीसहित २०० र ३०० एमजीको एसलोफेनेक रहेका छन् ।
हाल बजारमा रहेका यी औषधीहरु आगामी तीन महिनाभित्र फिर्ता लैजानसमेत विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । साथै, बजार मौज्दातमा रहेका यस्ता औषधीको आधिकारिक विवरण विभागमा पेश गर्न र सम्बन्धित प्रमाणपत्र, अनुज्ञापत्र र सिफारिस पत्र फिर्ता लिन पनि भनेको छ ।
यी औषधीहरुलाई विभागले सूचना जारी गर्दै औषधी सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मका लागि ती औषधी उत्पादन नगर्नसमेत विभागले निर्देशन दिएको छ ।