Share this News on Social Networking Pages

काठमाडौं,१४ असार ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई केहीबेर अघि काठमाडौंको विशेष टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।

यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।