पोखरा,१४ असार ।
चाैतर्फी दबाबपछि गण्डकीका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले प्रदेश सभामा प्रवेश पाएका छन् ।

सर्वोच्च अदालतकाे आदेशकाे समेत बेवास्ता गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले बिहीबारको प्रदेश सभा प्रवेशमा रोक लगाएका थिए ।

उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् । मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

माओवादीले सांसदबाटै निष्कासन गरिएका नेसपाका प्रदेश सभा सदस्य देवकोटाले त्यस बिरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सर्वोच्च अदालतले उनलाई प्रदेश सभा सदस्यकाे रूपमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेकाे थियो ।