नवलपरासी,१२ असार ।
खेतमा धान राेप्दै गर्दा चट्याङ लागेर पूर्वी नवलपरासीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कावासोती नगरपालिका १४ अग्यौलीकी ४६ वर्षीया दिलकुमारी थरुनी रहेकी छन् ।
बुधबार दिउँसो खेतमा धान रोप्ने क्रममा अचानक परेको चट्याङ लागेर थरुनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते थरुनीलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगेकोमा जिल्ला अस्पतालले थप उपचारका लागि भरतपुर रिफर गरेको थियो ।
भरतपुर लैजाने क्रममा थरुनीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।