स्याङ्जा,१२ असार ।
स्याङ्जामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।

तर पौने ३ बजे ८/९ सय मिटर तल आँधीखोलामै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।