स्याङ्जा,९ असार ।
स्याङ्जाको वालिङमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका-८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिदा स्याङ्जाको बिरुवा गाउँपालिका-६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापाकाे मृत्यु भएको हो ।

सोही बसमा यात्रा गरेका थापा बसबाट ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।