Share this News on Social Networking Pages

बुटवल,८ असार ।
दशौं अन्तराष्ट्रिय योग दिवस मुक्तिनाथ साधना केन्द्र बुटवल नयाँ गाउमामा पनि मनाईएकाे छ ।

पतन्जलि याेग समिति रूपन्देहीकाे आयाेजना तथा लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलकाे समन्वयमा “आफ्नो लागि योग र समाजको लागि योग” भन्ने नाराका साथ दशौं अन्तराष्ट्रिय योग दिवस मनाईएकाे हो ।

समितिका अध्यक्ष राजन नेपालकाे सभापतित्व र बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुक्तिनाथ धाम नयाँगाउका १००८ स्वमि लाेकान्द, जन प्रतिनिधिलगायतले योगकाे आवश्यकता र महत्त्वकाे बारेमा आ आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख पाण्डेले पछिल्लो समय योगकाे महत्त्व थप उजागर हुदै गएको भन्दै स्वस्थ जिवनयापन गर्न योग जरुरी रहेको बताए ।

५०० भन्दा बढिकाे सहभागीता रहेको कार्यक्रममा याेगाभ्यास समेत गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।