काठमाडौं,६ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु अनुपस्थित भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैलाई अपमान गर्दै लागेको टिप्पणी समेत गरे ।

उनले यो परम्परा पछिल्ला दिनहरुमा तोडिदै गएको बताउँदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैले आफैलाई अपमान गर्दै गएको हुने बताएका हुन् ।