काठमाडौं,५ असार ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यतालिका रहेको छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ ।

यस अघि आजको बैठककाे सुरुमा विभिन्न सांसदहरूले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यतालिका रहेको छ ।