पाल्पा,३१ जेठ ।
पाल्पाको सर्देवामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, घर भएका ३१ वर्षीय बाबुराम घर्ती रहेका छन् ।

काठको पोखबाट तार फलामको पोलमा तान्ने क्रममा अचानक करेण्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घर्ति जय दुर्गे कन्ट्रक्सनमा काम गर्दै आएका थिए ।

शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।