बुटवल,३१ जेठ ।
रूपन्देही नागरिक समाज,बुटवल नगर समितिले टोल विकास संस्थाहरूलाई डस्टबिन बितरण गरेको छ ।
बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ४ लक्ष्मिनगरमा आयाेजित एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले डस्टबिन बितरण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई सफा,सुन्दर राख्न डस्टबिनले महत्त्वपूर्ण भुमिका रहने भन्दै डस्टबिन हुँदाहुँदै अन्यत्र फाेहाेर फाल्नेलाई कडा कारबाही गरिने बताए ।
फाेहाेर गर्नेलाई जरिवाना मात्रै नभएर अब सेवा सुबिधा राेक्नेसम्मका कारबाही गरिने उनलेे चेतावनी दिए ।
उनलेे नागरिक समाजसँगकाे सहकार्यमा डस्टबिन बितरणलाई अभियानको रूपमा अगाडि बढाइने बताए ।
अन्य विकास निर्माणका अलावा उपमहानगरपालिकाले बिपद जाेखिम न्युनिकरणका लागि करोडौं रकम खर्च गर्नुपरेको भन्दै नगर प्रमुख पाण्डेले ज्याेतिनगर पहिरो र तिनाउ नदि नियन्त्रणमा करोडौं रकम खर्च गरिएको जानकारी गराए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा सरसफाइयुक्त,सुन्दर र हरियालीयुक्त बुटवलको अवधारणा अनुसार नागरिक समाज मार्फत टाेल विकास संस्थाहरूलाई डस्टबिन बितरण गरिएको बताए ।
नागरिक समाज रूपन्देहीका सल्लाहकार टेकबहादुर थापाले स्थानीय सरकारका कार्यक्रममा नागरिक समाजकाे पनि प्रतिनिधि सुनिश्चित गर्नुपर्नेमा जाेड दिए ।
रूपन्देही नागरिक समाज,बुटवल नगर समितिका अध्यक्ष अरूणकुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मिनगर सामाजिक विकास केन्द्रका अध्यक्ष गाेकर्ण ज्ञवाली,आदर्श खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष श्याम पन्थ,राममन्दिर टोल विकास संस्थाका अध्यक्ष अनिल श्रेष्ठ,नागरिक समाज बुटवलकि उपाध्यक्ष लक्ष्मी श्रेष्ठ,सचिव खगेन्द्र पाैडेललगायतले सामाजिक विकासमा नागरिक समाजको भुमिका बारे आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा बुटवलका १४ वटा टोल विकास संस्थालाई प्रति टोल विकास संस्था ५ वटाका दरले ७० थान डस्टबिन बितरण
गरिएको अध्यक्ष अरूण कुमार श्रेष्ठले जानकारी दिए ।
जनसरोकारका बिषयमा नागरिक समाजले आवाज उठाउदै आएको भन्दै उनलेे जहाँ नागरिकलाई समस्या पर्छ त्यहाँ नागरिक समाजकाे उपस्थिति हुने बताए ।