बुटवल,३० जेठ ।
रुपन्देहीको सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
घाइते मध्ये १९ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको र अन्य २४ जनाको बुटवलका विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।