Share this News on Social Networking Pages

कपिलवस्तु,२९ जेठ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाई मन्दिर घुम्ती नजिक यात्रुवाहक बस र आँप बोकेको पिकअप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकोछ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र.०२–००१ख०५२५ नम्बरको बस र चन्द्रौटाबाट बुटवल जाँदै गरेको लु१च ९२८४ नम्बरको जिप मंगलबार बिहान साढे ५ बजे तिर एक आपसमा ठोक्किँदा शिवराज नगरपालिका–६ बस्ने पिकअप चालक ३३ वर्षीय हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।

पिकअपमा च्यापिएका चालक बढईको २ घण्टापछि उद्धार गरिएको थियो । दुर्घटनामा पिकअपका सहचालक र बसमा सवार ८ जना यात्रु घाइते भएका छन् ।

घाइतेको गोरुसिंगेस्थित नीजि पोलीक्लिनिकमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।