नवलपरासी,२८ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बीच सुस्ता -१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरे ।
साे अवसरमा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा पार्टी जिल्ला सहसंयोजकद्व्य गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने समय आएको बताए ।
पार्टीका सुस्ता पालिका संयोजक गोबिन्द बहादुर साठिघरे मगरको अध्यक्षता पालिका इन्चार्ज रामचन्द्र पोखरेलको संचालन र सोम बहादुर बिकको स्वागतमा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा लगायतकाे आतिथ्यता रहेकाे थियो ।
एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले गोबिन्द बहादुर साठिघरेको संयोजकत्वमा १५ सदस्यीय सुस्ता गाउँ समिती निर्वाचित गरेको छ । जसको सहसम्योजकद्व्यमा चन्द्र बहादुर सुनार र सोम बहादुर बिक रहेका छन् ।
जस अन्तर्गत ३ सदस्यीय गाउँ पार्टी कार्यालय र ५ सदस्यीय गाउँ कमिटीको सचिवालय समेत गठन गरिने सो पार्टीले जनाएको छ ।








