Share this News on Social Networking Pages

बुटवल,२८ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीले १९ औं स्थापना दिवस विभिन्न कार्यक्तम गरि मनाइएको छ । स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्तममा ४६ पिन्ट रगत संकलन भएको महासंघले जनाएको छ ।

महासंघले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकाललाई स्वागत, नेकपा एमालेको नवनिर्वाचित जिल्ला अध्यक्ष यज्ञ गैरे, सदस्यहरु सुनिल श्रेष्ठ र मेघदेव पन्तलाई सम्मान गर्नुका साथै राष्ट्रिय चिकित्सक संघ नेपाल रुपन्देही गठन लगायतका कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले रुपन्देहीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरेले स्वास्थ्यकर्मीको भुमिका मानिसको जिवन संग जोडिएकाले स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्ने बताए । उनले देशको आर्थिक स्थिती अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गर्न खटिरहेकाले हरेक नागरिकले उनीहरुको समेत पिंडा बुझेर समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । उनलेे स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउंदै अघि बढ्न स्वास्थ्यकर्मीले नै सघाउने भएकाले उनीहरुको क्षमता विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।

साे अवसरमा डा विनिता भट्टराईको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय चिकित्सक संघ नेपाल रुपन्देही समेत गठन भएको छ । जसको उपाध्यक्षमा डा सुरेश अधिकारी, सचिवमा डा आरिफ हुसेन, कोषाध्यक्षमा डा प्रसुमा मल्ल, चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा डा प्रकाश तिमिल्सेना, डा सवाज खान , डा असिम रेग्मी चयन भएको स्वास्थ्यकमर्मी महासंघ नेपाल रुपन्देहीका अध्यक्ष रामेश्वर ढकालले जानकारी दिए ।