दाङ,२७ जेष्ठ ।
दाङकाे गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका-२, पचहिया निवासी २१ बर्षिया कमला चाैधरी रहेकी छन् ।

उनलाई २६ बर्षिय आफ्नै श्रीमान रन्जित चाैधरीले तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे हाे ।

गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएकाे र बुटवलकाे क्रिमसन हस्पिटल उपचारका क्रममा आज बिहान ८ मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।