नवलपरासी,२६ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुनवल नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुनवल नगर समिति बीच एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
सुनवल-५ बनकट्टीमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्नेमा जाेड दिए ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उद्घघोष गरे ।
नगर संयोजक रवि पुनको अध्यक्षता सिर्जनाको संचालन र जेनिशा परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य सन्जय तिवारी,अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाललगायतकाे आतिथ्यता रहेकाे थियो ।
एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले रवि पुनको संयोजकत्वमा १७ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ । जस अन्तर्गत ३ सदस्यीय नगर कार्यालय समेत गठन गरेको सो पार्टीले जनाएको छ ।








