बुटवल,२६ जेठ ।
तिनाउ खोलामा डुबेर पाल्पामा एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

भारतकाे कानपुरबाट पाल्पा घुम्न गएका भारतीय पर्यटकको
शनिबार मध्याह्न तिनाउ खोलामा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेका छन् ।

शनिबार मध्याह्न १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुबेका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिए पनि चिकित्सकले मृत घाेषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । तिनाउ खोलामा नुहाउने क्रममा यो वर्ष वैशाखदेखि हालसम्म ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।