बुटवल,२६ जेठ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच आज शनिबार बिरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ ।

भेटले दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्‍याउने बिश्वास व्यक्त गरिएको छ ।

साे अवसरमा बाेल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बिकासको लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको बताए ।

उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उक्त अबसरमा बोल्दै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेकोमा जोड दिए ।

शिस्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफुले लेखेको पुस्तक हस्तान्तरण गरेका थिए भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

साे अवसरमा लुम्बिनी प्रदेश प्रमुखको जीवन संगिनी , कार्यालयका अधिकारी, कर्मचारी र सचिवालयको टोलि समेत सहभागी रहेको थियो ।