कपिलवस्तु,२५ जेठ ।
कपिलवस्तुकाे चन्द्रौटा स्थित नापी कार्यालयका सर्वेक्षक (अमिन) बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।