बुटवल,२५ जेठ ।
नेकपा एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।
पार्टीको १० औँ जिल्ला अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।
रुपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला हो । अधिकांश जिल्लामा नेतृत्व चयनका लागि चुनाव भइरहेकाे अवस्थामा रूपन्देहीमा सर्वसम्मत भएको छ ।
ढकालका अनुसार उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी र सुनिता ठटेर पनि सर्वसम्मत निर्वाचित भएका छन् । बाँकी सदस्यमा पनि सर्वसम्मत बनाउने तयारी भइरहेको साे पार्टीका नेताहरूले बताएका छन् ।
पार्टीका महासचिव शंकर पाेखरेलकाे गृहजिल्ला दाङमा सर्वसम्मत नेतृत्व चयन भएपछि उपाध्यक्ष पाैडेलकाे गृहजिल्ला रूपन्देहीमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न पाैडेलमाथी नैतिक दबाब परेको थियो ।








