दाङ,२५ जेठ ।
दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका वडा नं ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले शुक्रबार बिहान सवा ८ बजेतिर आफ्नी २७ बर्षीया श्रीमति टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतिको हत्या पछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा प्रहरीले भरखरै उनलाई नियन्त्रणमा लिएको छ ।

श्रीमतिले बिवाहेत्तर सम्बन्ध राखेका कारण आवेगमा आइ श्रीमतिको हत्या गरेको प्रहरी समक्ष आरोपितले बयान दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाथोकीले नेपाली सेनाका आफ्नै साथी संग लसपसका कारण आँफुले श्रीमतिको हत्या गरेको प्रहरी समक्ष बताएका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।