बुटवल,२४ जेठ ।
बिभन्न कालखण्डमा समाज परिवर्तन तथा रूपान्तरणमा नेतृत्वदायी भुमिका निर्वाह गर्नेहरूकाे कथा समेटिएकाे ” नेतृत्व ” राष्ट्रिय त्रैमासिक पत्रिकाको बिहीबार बुटवलमा बिमाेचन भएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार गाेविन्द भट्टराई प्रकाशक एवम् सम्पादनमा प्रकाशित नेतृत्वको बिहीबार बुटवलको सुख्खानगरमा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल,बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र शर्मा, लेखक तथा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामी,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप प्राध्यापक डा टंक पन्त,लेखक एवम् समालोचक दील साहनीलगायतले बिमाेचन गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पछिल्लो समय पढ्ने लेख्ने बानी कम हुदै गएको अवस्थामा पत्रिका प्रकाशन गर्नु चुनाैतीपुर्ण रहेको भन्दै पत्रिकामा प्रकाशित सामग्रीले समाजका लागि केही गर्नुपर्छ है भन्ने भावनाकाे विकास गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

पत्रिकाकाे मूल पात्र मध्येकि बुटवल सुख्खानगर निवासी धनीसरा दर्लामीले काेराेना महामारीको समयमा गरेको समाज सेवा ले महिलाहरू पनि कति जाेखिमपुर्ण काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।

बस्तुनिष्ठ र तथ्यपरक पत्रकारीताकाे खाेजि भइरहेको अवस्थामा यस्तो खालका पत्रिकाले समााजका लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने बिश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले समाजमा उदाहरणीय कार्य गर्ने तथा समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाकाे विकास गराउने खालका पत्रपत्रिकाकाे माग कहिल्यै कमि नहुने भन्दै पत्रिका सफलताको काममा गरे ।

बुटवल उपमहानगरपालिकालाई कुनै एक पार्टीको मात्रै नभएर सबैकाे बुटवल बनाउने गरि काम गर्दै आएको भन्दै नगर प्रमुख पाण्डेयले जनप्रतिनिधि आफै विज्ञ नभएर विज्ञहरूसँग सल्लाह गरेर काम गर्ने उल्लेख गरे ।

पत्रिका अर्को पात्र समेत रहेका सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्मा यस अंकको हिराे धनिसरा दर्लामी भएको भन्दै सामाजिक सञ्जालमा आउने भ्रम चिर्न पनि पत्र पत्रिकाकाे आवश्यकता पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा लेखक टाेप अस्लामीले पठन संस्कृति हराउदै गएको अवस्थामा प्रकाशित पत्रिकाले पठन संस्कृतिको विकास गर्ने विश्वास ब्यक्त गरे ।

समाजमा लुकेर रहेका प्रतिभाहरूकाे उजागर गर्न खाेजी पत्रकारीता जरुरी रहेको भन्दै महासचिव अस्लामीले पत्रिकामा प्रकाशित सामाग्रीले समाजसेवा गर्नेहरूलाई समाजले मुल्यांकन गर्छ है भन्ने उदाहरण प्रस्तुत गरेको धारणा राखे ।

नेतृत्व प्रकाशन प्रा लि का सदस्य सीता गाैतमकाे सभापतित्वमा सम्पन्न पत्रिका सार्वजनिक तथा परिचर्चा कार्यक्रममा लेखक तथा समालोचक दील साहनी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्यापक डा टंक पन्त, पत्रकार महासंघ रूपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी,पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, नेपाल मगर संघकी केन्द्रीय सदस्य धनी आले, मगर संघ बुटवल ८ का अध्यक्ष चेत बहादुर राना, पत्रिकामा प्रकाशित सामाग्रीका एक मुख्य पात्र धनीसरा दर्लामीलगायतले पत्रिकाको सफलताको कामना गरेका थिए ।

साे अवसरमा पत्रिकामा प्रकाशित देशको खाेजि कविताकि लेखक पाल्पाली साहित्यकार भावना खनालको अनुपश्थितिमा उनका श्रीमान प्रकाश खनाललाई सम्मान गरिएको थियोे ।

पत्रिकाका प्रकाशक सम्पादक गाेविन्द भट्टराईले अनलाइन पत्रकारीताले छिटो छरितो समाचार सम्प्रेषण गरे पनि समाजमा लुकेर रहेका प्रतिभाहरूकाे उजागर गर्न यस्ता पत्रपत्रिका सार्थक हुने बताए ।