दाङ,२३ जेठ ।
आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराहीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घाेराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गर्दै आएका भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथ रहेका छन् ।
दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








