बुटवल,२३ जेठ ।
हरेक बर्ष जुन ५ का दिन मनाईने बिश्व वातावरण दिवश नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बिकासका नाममा प्रकृति माथि मानविय अतिक्रमण र
लापरवाहीका कारण वातावरण सन्तुलन गुम्न गै समस्या उत्पन्न हुने गरेको सरोकारवाला हरुले बताएका छन् ।
सरकार र निजि क्षेत्रबाट वनजंगल संरक्षणमा मात्रै लगानी गरिएको भन्दै वातावरण बचाउन हिमालय, चुरे र नदि संरक्षणमा सरोकारवालाको जोड दिएका छन् ।
यसैबिच बिश्व वातावरण दिवशका अवसरमा हिमालय र चुरे बचाऔं, मरुभुमिकरण हुनबाट जागाऔं भन्ने मुल नाराका साथ मानव अधिकार तथा शान्ति समाजले बुटवलमा बृक्षारोपण तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल—२ पाखापानीमा बृक्षारोपण र बृक्ष संरक्षण कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले वातावरण मानव जिवनको लागि महत्वपुर्ण हिस्सा भएको चर्चा गरेका थिए ।
खनालका अनुुसार मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र सहिष्णुता भन्ने मुल नाराका साथ बिभिन्न अभियानहरु संचालन गर्दै आएको शान्ति समाजले पछिल्लो समय हिमालय, चुरे र वातावरण बचाउ भन्ने अभियान सन्चालन गर्दै आएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता चिरन्जीवी जोशी, तरुण दलका नेता हसन्त लामा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य डिपि खनाल, जिल्ला सभापति कृष्ण भट्टराई, सचिव कृष्ण पाण्डे, सहसचिव सिता पौडेल, संचारकर्मीहरु हरिश ढकाल, मनु गुरुङ्ग लगाएतले मानव सभ्यता संरक्षणका लागि वातावरण संरक्षणका लागि
जोड दिएका थिए ।
सो अवसरमा बाँस, रुद्राक्ष, चन्दन लगाएतका बिरुवाहरु
रोपिएको र बिगतमा बर्षमा रोपिएका बिरुवाहरुको संरक्षणका लागि पनि आवश्यक कार्यहरु गरिएको थियो ।
यसैगरि बिश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा नगरपालिकास्थित कुन्जला पार्कमा पनि बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
बृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्दै तिलोत्तमा नगरपासिलका प्रमुख रामकृष्ण खाणले भौतिक बिकास निर्माणका साथै वातावरण संरक्षण र हरियाली प्रबद्र्धनलाई जोड दिईएको बताए
।
सो अवसरमा उपप्रमुख जागेश्वरी चौधरीले वातावरण संरक्षणमा स्थानिय तह र स्थानिय संघ संस्थाहरुको सहकार्य र समन्वय आवश्यक रहेको चर्चा गर्दै वातावरण बचाउन समुदाय र क्लवहरुको भुमिका पनि महत्वपुर्ण रहेको बताईन् ।
कार्यक्रमका वडानम्बर ४ का अध्यक्ष हरिबहादुर क्षत्रीले रोपिएका बिरुवाहरु संरक्षण गर्न स्थानिय जनताको चिन्ता र चासो आवश्यक रहेको बताएका थिए ।
आयोजक क्लवका अध्यक्ष दिपक पाठकका अनुसार हरियाली प्रबद्र्धन र वातावरण संरक्षण गर्ने उद्देश्य सहित लिचि, आँप, कटर, बेलौती लगाएत १ सय ५० भन्दा बढि फलफुलका बिरुवाहरु रोपिएको बताए ।








