बुटवल,२२ जेठ ।
लुम्बिनी प्रदेश मन्त्रीपरिषद् फेरि १२ सदस्यीय भएको छ ।

मुख्यमन्त्री जाेखबहादुर महराले साेमबार नेकपा माओवादी केन्द्र कि प्रदेश सभा सदस्य कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा नियुक्त गरेसँगै लुम्बिनी प्रदेश मन्त्री परिषद् १२ सदस्यीय भएको हो ।

१२ औँ मन्त्रीका रुपमा सपथ ग्रहण गर्दै मन्त्री कृष्णा केसी

प्रदेश सरकारमा १२ औँ मन्त्रीका रुपमा कृष्णा केसीले साेमबारै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीकाे सपथग्रहण समेत गरिसके कि छन् ।

केसी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा नियुक्त भए सँग लुम्बिनी प्रदेश सरकारले पुर्णता पाएकाे छ ।

पुर्व मुख्यमन्त्री लिला गिरीले प्रदेशमा १० वटा मात्रै मन्त्रालय कायम गरेकोमा अहिले भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको हो ।

निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी नेतृत्वको सरकारले मन्त्रालयकाे संख्या ११ बनाउने तयारी गरे पनि आफ्नै दल नेपाली कांग्रेसकै बिराेधका कारण राेकिएकाे थियोे ।

मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री सहित ५, माओवादीबाट मुख्यमन्त्री सहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १-१ जना मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बर्तमान सरकारलाई ४८ सांसदको समर्थन रहेको छ ।