काठमाडौं,२२ जेठ ।
आज पनि संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ । त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सदस्य सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठक १: १५ बजे बोलाइएको छ । साे बैठकमा पनि बजेटमाथि छलफल गर्ने कार्यसुचि रहेको छ ।








