काठमाडौं,१९ जेठ ।
बुटवल पावर कम्पनीको काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित कार्यालय भवनको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।

मृत फेलापरेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर विक रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

आज अपरान्ह उनि मृत फेला परेको उनले बताए । घटनाकाे विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।