काठमाडौं,१८ जेठ ।
पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल रहेका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग १७ हजार घुस लिइसकेकाे अवस्थामा अख्तियारको टोलीले उनिहरूलाई पक्राउ गरेको थियो ।
मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।








