काठमाडौँ,१८ जेठ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ ।
आज बसेकाे समितिको बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको हो ।
पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस गरिने समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।








