काठमाण्डाै,१७ जेठ ।
भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा (नासु) नरहरि खनाल बिरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुससहित पक्राउ परेका नासु खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र घुस रकम बराबरको बिगो मागदाबी गर्दै आज विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
जग्गा नामसारीका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुससहित खनाललाई अख्तियारकाे टोलीले पक्राउ गरेको थियो ।
अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।






