काठमाडौ,१६ जेठ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको रिट बुधबार हेर्न नभ्याइनेमा परेको हो ।
मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो ।
९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।






