काठमाडौं,१६ जेठ ।
क्रिकेटर सन्दीपलाई भिसाकाे माग गर्दै युवाहरूले राजधानी काठमाडौंमा जुलुस प्रदर्शन गरेका छन् ।

उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वकप खेल्नका लागि त्यसतर्फ जान भिसा नदिएपछि सन्दीप लामिछानेलाई भिसा दिनुपर्ने माग गर्दै जुलुस प्रदर्शन गरेका हुन् ।

माइतघीर मण्डलबाट सुरु भएको जुलुस अमेरिकन राजदूतावास तर्फ अगाडि बढेको छ ।

टी २० विश्व कपका खेल्न जान लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि वेस्टइन्डिजमा हुने म्याचमा सहभागी गराउने भनिए पनि अझै त्यसको टुंगो लागेको छैन ।

भिसा नपाएपछि यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता अनिश्चित भएको छ ।

अन्य खेलाडीहरू विश्वकपको तयारीका लागि अमेरिकामा व्यस्त रहेका बेला सन्दीप भने अझै पनि भिसा आउने अपेक्षमा छन् ।
तर अमेरिकी दूतावासले बुधबारसम्म पनि सन्दीपलाई भिसाको ग्रीन सिग्नल दिएको छैन । यसबीचमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द भने पत्नीसहित अमेरिकातिर लागिसकेका छन् ।