काठमाडौँ,१५ जेठ ।
प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकले साे विधेयक दफावार छलफलका लागि बिषयगत समितिमा पठाउने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले
आजको बैठकमा सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

मन्त्री जोशीकाे सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।