काठमाडौँ,११ जेठ ।
नेपालमा पनि कोभिड -१९ को नयाँ भेरियन्ट देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरेको जिनाेमसिक्वेन्सिङमा कोभिड-१९ को नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ पुष्टि भएको हो ।
४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
उक्त भाइरस पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।






