काठमाडौं,९ जेठ ।
सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।

बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ११ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले बताइन् ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।