काठमाण्डाै,८ जेठ ।
प्रतिनिधि सभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ फिर्ता भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले याे विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सांसदमा साे विधेयक माथि विरोधको कुनै सूचना नपरेकाे भन्दै सभामुख देवराज घिमिरेले विधेयक फिर्ता लिने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

राजनीतिक दल संशाेधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख घिमिरेले सदनलाई जानकारी गराए ।

सभामुख घिमिरेले याे प्रस्तावमाथि विरोधको सूचना भए पेश गर्न आग्रह समेत गरे ।

यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहीवार बिहान ११ बजे बस्नेगरि स्थगित भएको छ ।