काठमाण्डौ,८ जेठ ।
पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गरेकाे आराेपमा आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।