काठमाडौँ,३ जेठ ।
प्रतिनिधिसभा बैठक पनि शुक्रबार ११ बजेसम्मका स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठकको सुरुमै कांग्रेसले नाराबाजी र अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद बैठक अवरोध गरेको हो ।
संसद बैठकमै कांग्रेस र एमाले सांसदहरू बिच धकेलाधकेल समेत भएको थियो ।








