काठमाडौँ,३ जेठ ।
नेपाली कांग्रेसका सांसदहरूकाे अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले शुक्रबार १: १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।

सहकारी ठगि प्रकरणमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।