काठमाडौँ,२ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो ।

उच्च अदालत पाटनकाे फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए ।

बलात्कार मुद्धामा उच्च अदालत पाटनले आजै सन्दीपलाई सफाई दिएको थियो ।