फाइल फाेटाे
काठमाण्डाै,२ जेठ ।
बलात्कारकाे आराेपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई आज बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डाैकाे फैसला उल्ट्याउँदै लामिछानेलाई निर्दोष ठहर गरेकाे हाे ।

यसअघि जिल्ला अदालत काठमाण्डाैले लामिछानेलाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख जरिबानाकाे सजाय सुनाएकाे थियाे । साे फैसलाविरुद्ध उनलेे उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

२०७९ सालको भदाै २१ गते गाैशाला २६ (नाम परिवर्तन) ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

उच्च अदालतको याे फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटाे खुलेकाे छ । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो ।