काठमाडौं,२ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबारदेखि बहस जारी छ ।
मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउने उच्च अदालत पाटनले जनाएको छ ।
सुनुवाइ सकिए आजै फैसला सुनाउने तयारी छ ।








