काठमाडौं,१ जेठ ।
क्रिकेटर सन्दीप लामिछाने बिरूद्वको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो ।
दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको उच्च अदालत पाटनले जनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा छिटो टुंगो लगाउन माग गर्दै उनका समर्थकहरूले प्रदर्शन गरे पनि आज मुद्दाको टुंगो लाग्न सकेन ।








